Like us!
Follow us!
Connect us!
Watch us!

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको साधारण सभा सम्पन्न, सर्वसाधारणलाई आइपिओ जारी गर्ने

अर्थ संसार

विहीबार, २५ असोज २०८०, २० : २७ मा प्रकाशित

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको साधारण सभा सम्पन्न, सर्वसाधारणलाई आइपिओ जारी गर्ने

नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा आज आश्विन २५ गते सम्पन्न भएको छ । 

सभाले  संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्माज्यूलाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ । साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ । 

यसैका साथ,  विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई सेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान पनि गरेको छ । उक्त समारोहमा संस्थालाई योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत ग¥र्योे । 

फेडेरल विश्वकै प्रतिष्ठीतUnited Registrar of Systems (URS), United Kingdom बाटISO 9001:2015 गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिन्हले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदि मजवुत रहेको पुष्ठी गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको