Like us!
Follow us!
Connect us!
Watch us!

नियामक निकायका प्रमुख विरुद्ध अख्तियारमा लगानीकर्ताहरुले आज उजुरी दिने

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, ०८ : ०७ मा प्रकाशित

नियामक निकायका प्रमुख विरुद्ध अख्तियारमा लगानीकर्ताहरुले आज उजुरी दिने

लगानीकर्ताको एक समूह नियामक निकायका अध्यक्षहरु विरुद्ध आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएका छन्।  लगानीकर्ताहरुले विद्युत नियमन आयोगका अध्यक्ष, बिमा प्राधिकरणका अध्यक्ष र धितोपत्र बोर्डका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी दर्ता गर्दै छन्। 

धितोपत्रसंग जोडिएका यो नियामकका प्रमुखहरुले आईपीओलाई प्रिमियम स्वीकृति गर्दा, आईपीओलाई स्वीकृति गर्दा तथा हकप्रद स्वीकृति गर्दा व्यापक भ्रष्टाचार अनियमितता गरेको ठहर लगानीकर्ताहरुले गरेका छन्। लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा आज लगानीकर्ता अख्तियार जादैँछन। 

तेस्तै लगानीकर्ताहरुले बिमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा ४५ को ५ लाई वास्ता नै नगरी आईपीओलाई प्रिमियम स्वीकृति दिएको भन्दै नियामक विरुद्ध मुद्धा पनि हाल्ने तयारीमा छन्। 

बीमा ऐन २०७९ को दफा ४५ मा विवरणपत्र तथा सेयर निष्कासन सम्बन्धी व्यवस्था छ। साेही दफाको ५ मा सर्वसाधारणमा आईपीओ जारी गर्दा अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने व्यवस्था छ। अर्थात उक्त ऐनले प्रिमियममा आईपीओ दिन मिल्ने कुरा उल्लेख गरिएको छैन। 

बीमा  ऐनमा नभएको व्यवस्थालाई बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले प्रयोग गरेर आईपीओहरु जारी गर्न दिएको भन्दै मुद्धा हाल्ने तयारीमा लगानीकर्ता लागेको जानकारी अर्थसंसारले प्राप्त गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको