Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीको एकपक्षीय रणनीति विरुद्ध प्राधिकरण कडा, लक्ष्य निर्धारणमा सुधारको आदेश

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, ०८ : ५४ मा प्रकाशित

बीमा कम्पनीको एकपक्षीय रणनीति विरुद्ध प्राधिकरण कडा, लक्ष्य निर्धारणमा सुधारको आदेश

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई नयाँ आर्थिक वर्षका लागि व्यावसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण बीमा शुल्क र म्यादी जीवन बीमा शुल्क अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सबै बीमा कम्पनीलाई पठाएको परिपत्रमार्फत आफ्ना मातहतका कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय र विभागहरूले लक्ष्य निर्धारण गर्दा पहिलो वर्षको बीमा शुल्क मात्र होइन, नवीकरण तथा म्यादी बीमा शुल्कसमेत समावेश गर्ने व्यवस्था गर्नुपर्ने स्पष्ट पारेको छ।

बीमा क्षेत्रको समग्र सुधार र सेवा गुणस्तरमा एकरूपता ल्याउने उद्देश्यसहित जारी गरिएको यस निर्देशनबारे प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका छन्।

सावधिक बीमा केन्द्रित प्रवृत्तिप्रति आपत्ति

प्राधिकरणले बीमकहरूले सामान्यतः सावधिक वा एकमुष्ट भुक्तानी हुने बीमा योजनालाई मात्र प्राथमिकता दिने प्रवृत्तिप्रति गुनासो आएको जनाएको छ। यसले गर्दा सामान्य आय भएका वर्गसम्म बीमाको पहुँच कमजोर हुने, बीमा अवधि नपुगी बीमालेख समर्पण हुनेजस्ता समस्या देखिएको प्राधिकरणको भनाइ छ।

बजारमा सिर्फ ठूलो बीमा शुल्क संकलनमा केन्द्रित हुनाले गुणस्तरीय र भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती देखिएको भन्दै, प्राधिकरणले नवीकरण र म्यादी बीमालाई पनि व्यवसायिक लक्ष्यमा अनिवार्य रूपमा समावेश गर्न सबै कम्पनीहरूलाई निर्देशन दिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको