Like us!
Follow us!
Connect us!
Watch us!

अढाइ करोडबढीको भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १८ : २६ मा प्रकाशित

अढाइ करोडबढीको भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

 भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन्।

उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।

प्राधिकरणका सहायक प्रवन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो। उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो।

फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ।

अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको