Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाइब्रीड फन्ड एल-१ को सञ्चालन अवधि समाप्त

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, ११ : ५१ मा प्रकाशित

एनएमबि हाइब्रीड फन्ड एल-१ को सञ्चालन अवधि समाप्त

एनएमबि बैंक लिमिटेड कोष प्रबर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको र एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ' एनएमबि हाईब्रिड फण्ड एल-१' को सञ्चालन अवधि समाप्ति भएसँगै योजना खारेजीमा गएको छ ।

असोज २५ बिहीबार अन्तिम कारोबार भएको एनएमबी हाइब्रीड फन्ड एल-१ सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजना खारेजीमा जान लागेको हो । फन्ड खारेजी पछि सोही नियमावलीको नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने नियम छ ।

यस हिसाबले फन्डको अन्तिम नेट एसेट भ्यालु बराबरको सम्पत्ति अब इकाईधनीले फिर्ता पाउनेछन् । भदौमा ११.७९ रुपैयाँ न्याभ रहेको उक्त फन्डले आर्थिक वर्ष २०७९/८० को नाफा र सञ्चित कोषबाट १५ प्रतिशत प्रतिफल घोषणा गरी सेप्टेम्बर २९ मा बुक क्लोज पनि गरिसकेको छ । योजना कार्तिक ८ गते परिपक्व हुने भए पनि कारोबार भने अघि नै रोकिनेछ । इकाईधनीले त्यसपछि नै आफ्नो स्वामित्वका आधारमा भुक्तानी पाउनेछन् ।

यसैगरी एनएमबि क्यापिटलले इकाईहरु अभौतिकिकरण  नगरेका ग्राहकहरुले इकाईहरु यथासिघ्र डिम्याट गराउन र विगतमा वितरण गरिएको लाभांश किन बाकिँ भए बैंक खाता अध्यावधिक गरि कार्यालयमा पेश गर्न आग्रह अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको