सेयर बजारका चार संघ संस्थाले आज असोज २६ गते बैठक गरेर नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरेका छन्। सेयर लगानीकर्ताहरुको साझा माग र हकहितको प्रतिनिधित्व गर्दै साझा र एकीकृत शक्ति निर्माण गर्न भन्दै दर्ता भएका चार संघ (नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूंजी बजार सुधार संघ र नेपाल जनरल ईन्भेटरर्स एशोसियसन)ले नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरेका हुन्।
संघले आफ्नो लक्ष्य र कार्यदिशा पनि तय गरेको छ। संघहरुले अब पूँजी बजारका सबै समस्याको समाधान र सम्बन्धी कुराहरु महासंघ मार्फत मागहरु एकिकृत रुपमा अगाडी बढाउने भएको छ। पूंजी बजार र लगानीकर्ता संग सम्वन्धित भई वैधानिक रुपमा दर्ता भएका संघ संगठनलाई यस महासंघमा समेटने भएको छ। सहमितमा महासंघमा आवद्ध हुने सबै संघ संगठनका अध्यक्षले महासंघका अध्यक्षता पालैपालो गर्ने तय गरेका छन्।
साथै पूंजी बजार र लगानीकर्ताहरुको तर्फबाट सरकारी निकायहरुसँग वार्ता, संवाद र छलफल गर्नुपर्दा महासंघको तर्फबाट मात्र गर्ने र सो कुरा मात्र मान्य हुने सहमितमा उल्लेख छ। यस बाहेक महासंघलाई सम्बन्धित सरकारी निकायमा दर्ता गराउन आवश्यक कार्यक गर्दै जाने चार संघ बीच भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस