Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको साधारणसभा आज बस्दै, मुख्य प्रस्ताव लाभांश स्वीकृति

अर्थ संसार

आइतबार, २८ असोज २०८०, ०८ : ०१ मा प्रकाशित

एनआईसी एशिया बैंकको साधारणसभा आज बस्दै, मुख्य प्रस्ताव लाभांश स्वीकृति

एन आई सी एशिया बैंक लिमिटेडको साधारणसभा आज असोज २८ गेट बस्दै छ। असोज ५ गते बसेको संचालक समितिको बैठकले बैंकको वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको थियो। बैंकले आज काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सभा बोलाएको छ। 

बैंकको २६ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ । 

साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । 

वार्षिक साधारण सभालाइबैंकले असोज १६ देखि असोज २८ सम्म बैंकको सेयर दाखिल खारेज दर्ता बन्द गरेको छ। अर्थात असोज १५ गते सम्म बैंकको सेयर सुरक्षित गर्नेले मात्र सभामा भाग लिन तथा बैंकले प्रदान गरेको लाभांस  पाउनेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको