Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री महत आज स्वदेश फर्किदै

अर्थ संसार

आइतबार, २८ असोज २०८०, ०९ : ०८ मा प्रकाशित

अर्थमन्त्री महत आज स्वदेश फर्किदै

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन मोरक्को गएका अर्थमन्त्री प्रकाशशरण महत आज स्वदेश फर्किदै छन् ।

अर्थमन्त्री महत आज बिहान ९:३० बजे स्वदेश फर्कने जनाइएको छ । "ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट" मूल नारा रहेको बैठकमा गरिबी उन्मूलन, विश्वव्यापी वित्तीय स्थायित्व, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल भएको थियो । भ्रमणका क्रममा महतले विश्व बैंकको टिम, अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) का उपाध्यक्ष, बहुपक्षीय लगानी सुरक्षण एजेन्सी (एमआइजिए)का उपाध्यक्ष, स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीलगायतसँग वार्ता गरेका थिए ।

यसैगरी भ्रमणका क्रममा अर्थमन्त्री महतले दक्षिण कोरियाका उपप्रधानमन्त्री, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलिती, युएस एडका प्रतिनिधि, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनका प्रतिनिधिलगायतसँग पनि वार्ता गरेका थिए । भ्रमण टोलीमा अर्थसचिव डा कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुलीलगायत रहेका छन् ।

भ्रमणबारे जानकारी दिन बिहान ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिस्ट कक्षमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको