युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दर प्रस्ताव गरेको हो । कम्पनीको ३० औं वर्षगाँठको उपलक्ष्यमा उक्त लाभांश प्रदान गर्न लागिएको जनाइएको छ ।
लाभांश प्रयोजनका लागि कम्पनीले मङ्सिर १२ देखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने पनि जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस