Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया क्यापिटलका २ म्युचुअल फन्डले घोषणा गरे नगद प्रतिफल

अर्थ संसार

सोमबार, २९ असोज २०८०, ११ : ४५ मा प्रकाशित

एनआइसी एसिया क्यापिटलका २ म्युचुअल फन्डले घोषणा गरे नगद प्रतिफल

एनआइसी एसिया क्यापिटलले सञ्चालन गरेका २ म्युचुअल फन्डले आर्थिक वर्ष २०७९/८० का लागि नगद प्रतिफल घोषणा गरेका छन् ।

क्यापिटलका अनुसार एनआइसी एसिया ग्रोथ फन्डले इकाईधनीहरुलाई करसहित १०.५ प्रतिशत नगद प्रतिफल घोषणा गरेको हो भने एनआइसी एसिया ब्यालेन्स्ड फन्डले करसहित १० प्रतिशत नगद प्रतिफल घोषणा गरेको हो । ग्रोथ फन्डले आठ करोड ७६ लाख ९६ हजार र ब्यालेन्स्ड फन्डले सात करोड ५५ लाख रुपैयाँ नगद लाभांशका रुपमा बाँड्न लागेका हुन् ।

लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन । एनआइसी एसिया ग्रोथ फन्डको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य १०.२९ रुपैयाँ र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य ९.२० रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको