Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो ७.५ प्रतिशत नगद लाभांश, बोनस सेयर कति?

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, १० : १९ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो ७.५ प्रतिशत नगद लाभांश, बोनस सेयर कति?

फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीले करसहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको मङ्सिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस सेयरसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब १४ करोड ७७ लाख ४५ हजार नौ सय ५६ रुपैयाँको ७.५ प्रतिशतले हुन आउने आठ करोड ६० लाख ८० हजार नौ सय ४६ रुपैयाँ बराबरको बोनस सेयर र त्यत्तिनै नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्न लागिएको हो ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । राष्ट्र बैंकले स्वीकृति दिएपछी लाभांश प्रस्ताव कम्पनीको साधारणसभामा पेश गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको