Like us!
Follow us!
Connect us!
Watch us!

अख्तियारमा उजुरीपछि बीमा प्राधिकरणको प्रष्टीकरण बीमा ऐनलाई आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरियो

अर्थ संसार

सोमबार, २९ असोज २०८०, १९ : ४६ मा प्रकाशित

अख्तियारमा उजुरीपछि बीमा प्राधिकरणको प्रष्टीकरण बीमा ऐनलाई आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरियो

लगानीकर्ताहरुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष विरुद्ध उजुरी दर्ता गराएपछि नेपाल बीमा प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै प्रष्टीकरण दिएको छ। 

बीमा प्राधिकरणले  चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरण बोलेको छ।  


.प्राधिकरणको प्रष्टिकरण :

नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । 

बीमकहरू आईएमई लाइफ इन्स्योरेन्स लि, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि, सन नेपाल लाइफ इन्स्योरेन्स लि। र सिटिजन लाइफ इन्स्योरेन्स लि। समेत ४ वटालाई प्रिमियममा शेयर जारी गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति दिइएको र बीमा ऐन, २०७९ को दफा ४५ को विवरणपत्र तथा शेयर निष्काशन सम्बन्धी व्यवस्थाको उपदफा ९५० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले सर्वसाधारणबाट शेयर खरिदका लागि दरखास्त आह्वान गर्दा शेयरको अङ्कित मूल्यको शत्प्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने कानूनी व्यवस्थाको अपब्याख्या गर्दै प्रिमियममा शेयर निकाष्शनको स्वीकृति दिनु नहुने भनी कुप्रचार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, बीमकहरूप्रति अविश्वास पैदा गर्ने, लगानीकर्ताहरुलाई भ्रममा राख्ने र नियामक निकायको काम कारवाहीप्रति अविश्वास पैदा गर्ने दूषित मनसायले निहित स्वार्थ समूहहरूबाट भएका त्यस्ता अनर्गल दुष्प्रचारमा नपर्न र कसैको बहकाउमा नलाग्न बीमक, बीमित, लगानीकर्ता तथा सर्वसाधारण लगायत सम्बन्धित सबैलाई प्राधिकरण आग्रह गर्दछ ।

बीमा ऐन, २०७९ को दफा ४४ को उपदफा ९५० मा ‘बीमकको शेयरको बाँडफाँड तथा बिक्री वितरण सम्बन्धी अन्य व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित सङ्घिय कानून बमोजिम हुने’ उल्लेख भएको, धितोपत्र ऐन, २०६३ बमोजिम धितोपत्र बोर्ड नेपालले जारी गरेको धितोपत्र निष्काशन नियमावली, २०७३ को दफा २५ तथा कम्पनी ऐन, २०६३ को दफा २९ बमोजिम प्रिमियममा  शेयर जारी गर्न सक्ने व्यवस्था सम्बन्धी शर्तहरू पूरा गरेका बीमकहरूलाई सर्वसाधारणका लागि छुट्याइएको शेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न प्राधिकरणबाट कानून बमोजिम सैद्धान्तिक स्वीकृति दिइएको स्पष्ट गर्दछौं ।

नियमनकारी निकायहरूको सुशासनयुक्त कार्यप्रणालीप्रति प्रश्न उठाई केही स्वार्थ समूहले विद्यमान कानूनको अपव्याख्या गरी मनगढन्तेरूपले गर्दै आएको दुष्प्रचारप्रति प्राधिकरण घोर आपत्ति प्रकट गर्दछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको