Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाबाट चाडपर्वको समयमा कारोबार गर्दा मोटरसाइकल जित्न सकिने

अर्थ संसार

सोमबार, २९ असोज २०८०, २० : ५४ मा प्रकाशित

इसेवाबाट चाडपर्वको समयमा कारोबार गर्दा मोटरसाइकल जित्न सकिने

इसेवाले दसैंतिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव’ हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा मोटरसाइकल जित्न सकिने इसेवाले जनाएको छ ।

यसैगरी इसेवामार्फत ३७.९९ रूपैयाँ खेलबाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा  दुई जनाले यामाहाको मोटरसाइकल जित्न सक्नेछन् । इसेवा डिजिटल उत्सव अफरअन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन् ।

साथमा कात्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउने अफर पनि राखेको छ । त्यसैगरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीका लागि होटलको स्टेकेसन प्याकेज तथा १ जनाले रियल मी पाउने कम्पनीले जनाएको छ ।

साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले ३०० रुपैयाँसम्मको क्यासब्याक तथा सिजी डिजिटलको टिभीसमेत जित्न सक्नेछन् । बसको टिकट काट्ने वा होटल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन् ।

इसेवामा आबद्ध व्यवसायीले सेमत ग्राहकमार्फत क्यूआर भुक्तानी लिँदा वासिङ मेसिन, एयर फ्रायर, स्यान्डविच मेकरलगायत उपहार जित्न सक्नेछन् । त्यसै गरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग जित्न सक्नेछन् ।

विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदारमार्फत इसेवा वालेटमा ५ हजारभन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन् ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७८ लाख बढी ग्राहकले लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको