Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको एफपिओ हरेक एक सय १५ जनामा एक भाग्यमानीलाई पर्ने

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १७ : ३१ मा प्रकाशित

मिर्मिरे लघुवित्तको एफपिओ हरेक एक सय १५ जनामा एक भाग्यमानीलाई पर्ने

असोज २५ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने समय सकिएको छ । १२ हजार ३ सय ८१ जनाले मात्रै पाउने उक्त एफपिओमा १४ लाख २१ हजार सात सय ७७ जनाले आवेदन दिएपछि अब हरेक एक सय १५ जनामा एक भाग्यमानीले मात्रै एफपिओ पाउनेछन् ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा एक करोड ६१ लाख ७४ हजार ५ सय ८० कित्ताका लागि आवेदन परेको छ जबकी कम्पनीले एक लाख २३ हजार ८ सय  १६ कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका एफपीओ निष्कासन गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको जनाएको छ । एफपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको