Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, १० : १० मा प्रकाशित

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

लघुवित्तले १२.३५९९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५०५ नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर र ८३ लाख ९४ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांशका रुपमा बाँड्न लागेका हो ।

लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन । स्वावलम्बन लघुवित्तको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य सात सय ७८रुपैयाँ रहेको छ । कम्पनीले आव २०७८/७९ मा २१.०५ प्रतिशत र आव २०७७/७८ मा २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको