राष्ट्रबैंकको पछिल्लो एक वर्षको तथ्यांकले बैंकहरुले ब्रान्चलेस बैंकिङ भन्दा एटीएमलाई प्राथमिकता दिएको देखाएको छ ।
वि.सं २०७९ को भदौदेखि २०८० को भदौ महिनासम्मको अवधिमा बैंकहरुले एटिएमको संख्या चार हजार एक सय ६१ बाट बढाएर चार हजार नौ सय ७८ पुर्याएका छन् भने सोही अवधिमा ब्रान्चलेस बैंकिङ सेन्टर भने १४ सय ९७ बाट घटाएर १३ सय एकमा झारेका छन् । पछिल्लो एक महिनाको अवधिमा एटिएम मार्फत एक करोड ११ लाख ६८ हजार सात सय २७ कारोबार मार्फत कुल ८३ अर्ब ३८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी ब्रान्चलेस बैंकिङमार्फत पछिल्लो एक महिनामा ६१ हजार ८ सय ८६ कारोबार मार्फत कुल एक अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस