Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिति

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, ०९ : ४५ मा प्रकाशित

घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिति

घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिति रहेको छ। 

हाइड्रोको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि कार्तिक ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले चुक्ता पुँजीको दुई सय प्रतिशतले हुन आउने एक करोड १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले संखुवासभामा रहेको ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यका साथ हकप्रद निष्कासन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको