Like us!
Follow us!
Connect us!
Watch us!

इन्साइडर शैलीमा सेबोनको कुन झ्यालबाट चुहियो ब्रोकर कमिसन घट्ने कुरा, किन आएन आधिकारिक सूचना ?

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १० : २७ मा प्रकाशित

इन्साइडर शैलीमा सेबोनको कुन झ्यालबाट चुहियो ब्रोकर कमिसन घट्ने कुरा, किन आएन आधिकारिक सूचना ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) को उच्च स्रोतको हवाला दिँदै हिजो मध्यान्ह देखि नै इन्साइडर शैलीमा ब्रोकर कमिसन हट्ने निर्णय भएको समाचार व्यापक रुपमा धेरै जसो आर्थिक अनलाइनमा छाए ।

यसरी बजारलाई निकै नै गम्भीर रुपमा प्रभाव पार्ने ब्रोकर कमिसन हट्ने जस्तो सेन्सिटिभ समाचार ट्रेडिङकै समयमा बिना कुनै आधिकारिक स्रोत फैलिएको घटना इन्साइडर ट्रेडिङकै रुपमा लिन सकिन्छ । त्यसमाथि अहिलेसम्म यसबारे सेबोनमार्फत कुनै आधिकारिक सूचना वा सर्कुलर जारी नहुँदा उक्त समाचार कसले कसरी कुन नियतले पायो र फैलायो भन्ने बारे पनि अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

हिजो ब्रोकर कमिशन घट्ने समाचार फैलिएपछि बजार ४३.२७ अङ्क अर्थात २.३२ प्रतिशत बढेको थियो । यसरी हेर्दा उक्त समाचारले बजारलाई कुनै न कुनै हिसाबले प्रभावित पारेको बुझ्न सकिन्छ । उसै त नेपाली सेयर बजारलाई हल्लाको बजार भनेर टिप्पणी हुने गरेको बेला धितोपत्र बोर्ड जस्तो आधिकारिक निकायबाटै सेन्सेटिभ सूचना चुहिनु निकै नै गम्भीर लापरबाही भएको मान्न सकिन्छ ।

उसो त बोर्डमार्फत नै इन्साइडर ट्रेडिङ हुने गरेको आरोप पहिले पनि लाग्दै आएको छ । २०७८ को असारमा ५१ कम्पनीको नाम सार्वजनिक गर्न पहिले नै इन्साइडर सूचना पाएर ठूला लगानीकर्ताले सेयर बेचेर निस्किसकेको आरोप लागेको थियो । सेयर बजारलाई प्रभावित पार्ने यस्ता सेन्सिटिभ सूचना ह्यान्डल गर्न धितोपत्र बोर्ड थप चनाखो बन्नै पर्ने देखिएको छ ।

ब्रोकर कमिसन घटाउने बारेमा निर्णयका लागि प्रस्ताव मन्त्रीपरिषद् पुगेको बताइए पनि त्यसबारे निर्णय हुन नपाउँदै सूचना कसरी बाहिरियो भन्ने बारे धितोपत्र बोर्डले आम लगानीकर्तालाई जवाफ भने दिनु नै पर्नेछ । यसैगरी हिमालयन रिइसुरेन्सलाई प्रिमियममा वा सर्वोत्तम सिमेण्टलाई बुक बिल्डिङबाट आइपिओ जारी गर्न दिएको अनुमति बारे पनि सेबोनकोतर्फबाट कुनै आधिकारिक सूचना आएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको