Like us!
Follow us!
Connect us!
Watch us!

आज दशैं अघि सेयरबजार खुल्ने अन्तिम दिन, प्रिओपनमा सामान्य वृद्धि

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १० : ५६ मा प्रकाशित

आज दशैं अघि सेयरबजार खुल्ने अन्तिम दिन, प्रिओपनमा सामान्य वृद्धि

आइतबारदेखि बडादशैंको बिदा हुने भएपछि आज बिहीबार दशैं अघि सेयर कारोबार हुने अन्तिम दिन रहेको छ । 

दशैंका अवसरमा नेप्सेले आइतबार फुलपातीदेखि बिहीबार द्वादशीसम्मै बिदा दिनेभएपछि अब बजार एकैचोटी नौ दिनपछि कार्तिक १२ गते मात्रै खुल्नेछ । आज प्रिओपनमा बजारमा सामान्य वृद्धि भएको छ । प्रिओपनमा विभिन्न ११ कम्पनीको २ सय कित्ता सेयर कारोबार भएको छ भने इन्डेक्समा ०.७६ अङ्कको वृद्धि भएको छ ।

यस अघि मङ्गलबार १३.१८ अङ्कले बढेको बजार बुधबार थप ४३.२७ अङ्कले बढेर १९०७.८९ मा बन्द भएको थियो । मङ्गलबार कुल एक अर्ब ८४ लाख ३७ हजार ८ सय ६० रुपैयाँ बराबरको कारोबार भएकोमा हिजो कारोबार रकम भने घटेर ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैयाँमा सीमित हुन पुगेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको