Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड हुदैँ, केबल १.२८ लाखले आइपिओ पाउने

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, ०७ : ४७ मा प्रकाशित

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड हुदैँ, केबल १.२८ लाखले आइपिओ पाउने

माथिल्लो मैलुङ खोलाको आइपीओ आज शुक्रबार बाँडफाँड हुदैँछ ।

असोज १८ गते देखि असोज २२ गतेसम्मका लागि खुलाइएको उक्त आइपिओमा माग भन्दा करिब ११ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर प्राथमिक निष्कासन खुलाएकोमा एक करोड ३८ लाख ८० हजार पाँच सय ९० कित्ताका लागि आवेदन परेको थियो । यस हिसाबले गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी एक लाख २८ हजार चार सय २० जनाले मात्र आइपिओ पाउनेछन् ।

यस आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस योजनाको  कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको