Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, ०९ : २७ मा प्रकाशित

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजंग पाण्डेले सपथ ग्रहण गरेका छन्। गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।

अध्यक्ष पाण्डे बैंकको १७ औं साधारण सभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत तवरले अध्यक्षमा चयन भएका हुन्। यसअघि उनले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो । 

पाण्डे बैंकको १७औँ साधारण सभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन् । इन्जीनियरिङ्ग सङ्कायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रूपमा संलग्न छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरूमा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा अझ बढी सफलता प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको