Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडीसी लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, वितरणयोग्य इपिएस १० रुपैयाँ १५ पैसा

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, १३ : ५९ मा प्रकाशित

आरएसडीसी लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, वितरणयोग्य इपिएस १० रुपैयाँ १५ पैसा

इम्प्यरमेन्ट चार्ज उल्लेख्य रुपमा घटेपछि आरएसडीसी लघुवित्तले सुधारिएको पहिलो त्रैमासिक विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्षको पहिलो त्रैमासिकको रिपोर्टको तुलनामा सात प्रतिशत खुद नाफा बढाएको रिपोर्ट प्रकाशित गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले चार करोड सात लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म कम्पनीले तीन करोड ८२ लाख खुद नाफा कमाएको थियो । कम्पनीको इम्प्यरमेन्ट चार्ज १ करोड ७० लाख भन्दा बढीले घटेपछि नाफामा वृद्धि भएको हो । यसैगरी लघुवित्तले अघिल्लो वर्षको प्रथम त्रैमासको तुलनामा यो वर्ष कर्जा लगानी ५ प्रतिशतले बढाएको छ ।

विवरण अनुसार लघुवित्तको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२६.९३ रुपैयाँ रहेको छ । यसैगरी वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ १५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको एनपिएल बढेर १.४९ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्षको पहिलो त्रैमासमा ०.६ प्रतिशत रहेको थियो । विवरण अनुसार कम्पनीको कस्ट अफ फन्ड ११.४८ प्रतिशत, बेस रेट ११.९९ प्रतिशत र ब्याजदर स्प्रेड १.६२ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको