Like us!
Follow us!
Connect us!
Watch us!

२ सय ५५ मिटर अग्लो भिरमा झुन्डिएको स्काई क्याफेमा स्वास्थ्य मन्त्री बस्नेत

अर्थ संसार

मंगलबार, ०७ कार्तिक २०८०, ०९ : २६ मा प्रकाशित

२ सय ५५ मिटर अग्लो भिरमा झुन्डिएको स्काई क्याफेमा स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुष्माको स्काई क्याफेमा मनोरञ्जन लिएका छन् । आफ्नो परिवारसहित कुष्मा पुगेका मन्त्री बस्नेतले स्काई क्याफेमा मनोरञ्जन लिएको द क्लिफ नेपालका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।  

कुश्मा र बाग्कुङ बिचको कालीगण्डकी नदी खोंचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले निकै चर्चित छ ।  कार्कीका अनुसार मन्त्री बस्नेतले परिवारसहित क्लिफमा एक रात बिताएका थिए । शनिबार बिहान उनीहरूले स्काई क्याफेमा मनोरञ्जन लिएर फर्किएका हुन् ।    

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।  

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइकल, वाल क्लाइम्बिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ लगायत गतिविधि सन्चालनमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको