Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा १० हजारको लगानी, कसरी ५०० करोड भयो ?

अर्थ संसार

शनिबार, ११ कार्तिक २०८०, १० : ५४ मा प्रकाशित

सेयरमा १० हजारको लगानी, कसरी ५०० करोड भयो ?

६० वर्षीय मोहम्मद अनवर अहमद महाराष्ट्रको जलगाउँ जिल्लाको अमलनेर सहरमा बस्छन्। सन् १९७० को दशकमा उनका बुबाको ठूलो खेतबारी थियो। सन् १९८० मा बाबुको असामयिक मृत्युले चार छोराहरूलाई आफ्नो जीवनमा फरक बाटोमा छान्ने अवस्थामा लैजान बाध्य बनायो। उनीहरुले भएको सबै जग्गा बेचेर ८० हजार रुपैयाँ बराबरको रकम आपसमा बाँडे । चार मध्ये कान्छो थिए मोहम्मद, त्यो बेला उनी २७ वर्षका थिए, उनको दुई वर्ष अगाडी मात्र बिहे भएको थियो र उनको एक वर्षको छोरा थियो। आफ्ना दाईहरूसँग अलग हुँदा उनी अब गर्ने भने सोच्ने अवस्थामा थिएनन् किनकी त्यस अगाडीको आफ्नो सम्पूर्ण समय खेतमा नै काम गरेको थियो। उनका एक भाइ अमलनेर सडक नै छाडे भने दुईले त्यहिँ आफ्नै पसल सुरु गरे।

१९४७ मा, विप्रो लिमिटेडका अध्यक्ष र परोपकारी अजीम प्रेमजीका बुबा मोहम्मद हुसैन हाशम प्रेमजीले वनस्पति घिउ, वनस्पति र परिष्कृत तेलहरू उत्पादन गर्न कम्पनीको पहिलो प्लान्ट स्थापना गरेका थिए। त्यसबेला यसलाई वेस्टर्न इन्डिया वेजिटेबल प्रोडक्ट्स लिमिटेड भनिन्थ्यो र सन् १९४६ मा स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो। वर्षौंदेखि अमलनेरका धेरै बासिन्दाहरूले प्लान्टमा काम गरे र धेरै बासिन्दाहरू कम्पनीका सेयरधारकहरू थिए। सन् १९६६ मा अजिम प्रेमजी कम्पनीको अध्यक्ष बने ।

मौकामा भएको भेट 

मोहम्मद अनवर अहमद अमलनेर जब एक चिया पसलमा बसिरहेका  थिए त्यस बेला बम्बई (अहिले मुम्बई) का सतिश शाह नाम गरेका युवा स्टक ब्रोकर पनि त्यहिँ चिया पसलमा रोकिएका थिए। सतिश शाहको चिया पसलमा उनी संग भएको भेटले उनी मोहम्मद अनवर अहमदको जीवन परिवर्तन गर्यो।

सतिश शाह बम्बईका केही ग्राहकहरूको तर्फबाट सक्दो सेयर किन्न अमलनेर आएका थिए। सतिश शाहले चिया पसलमा उनले  विप्रो कारखानालाई इसारा गर्दै ‘यहाँ कारखानाको सेयर भएको कसैलाई चिन्नुहुन्छ ? मोहम्मदले जवाफ दिए कि कारखानाका मालिकहरू बम्बईमा बस्छन्। १५  मिनेटको छोटो समयमा सतिशले मोहम्मदलाई बताए, कसरी एक सेयरको स्वामित्वले एक व्यक्तिलाई कम्पनीको अंश मालिक बनाउन सक्छ। यसले मोहम्मदलाई जिज्ञासु बनायो र बैठक थप ३० मिनेटसम्म चल्यो। 

धेरै सानो शहर र सबैले एक अर्कालाई चिन्ने भएकाले मोहम्मदले सतिश शाहलाई घर-घरमा गएर इच्छुक बिक्रेताहरू सेयरहरू लिन मद्दत गरे।  उनले आफ्नो लागि रु १०० अंकित मूल्यको १०० सेयरहरू किने।  आफु संग रहेको २० हजार मध्य १० हजार लगानी गरे। बाँकी, उनले व्यापार व्यवसाय सुरु गर्न लगानी गरे।

धनको यात्रा

त्यसबेलादेखि मोहम्मदले आफूलाई विप्रोको अंश मालिकको रूपमा सोच्न थाले। एक किसिममा त्यो ठिक पनि थियो। उनले अजिम प्रेमजीको नेतृत्व नभएसम्म एक सेयर पनि बेच्ने वाचा गरे।

कसरी उनको  १० हजारको लगानी ५०० करोडको पुग्यो ?

उनले सन् १९८० मा रु १०० अंकित मूल्यको १०० कित्ता सेयरमा लगानी गरेका थिए । उनको प्रारम्भिक लगानी  १० हजार थियो ।

१९८१ मा, कम्पनीले १००%  बोनस घोषणा गर्यो। त्यसपछि उनीसँग २०० कित्ता सेयर भयो।

१९८५ मा, कम्पनीले फेरि १००% बोनस घोषणा गर्यो। त्यसपछि उनको ४०० कित्ता सेयर थियो।

सन् १९८६ मा कम्पनीले १० रुपैयाँमा स्टक स्प्लीट गर्यो। त्यसपछि उनको ४०० कित्ता सेयर ४००० कित्ता बन्न पुग्यो। 

१९८७ मा, कम्पनीले फेरि १०० प्रतिशत बोनस घोषणा गर्यो। यसरी उनको ८ हजार कित्ता सेयर हुनगयो। 

१९८९ माकम्पनीले फेरि १०० प्रतिशत बोनस घोषणा गर्यो। त्यसपछि  उनीसँग १६ हजार कित्ता सेयर बनायो। 

१९९२ मा कम्पनी फेरि १०० प्रतिशत बोनस घोषणा गर्यो जसले उनको ३२ हजार कित्ता सेयर कित्ता बनायो।

१९९५ मा, कम्पनीले १०० प्रतिशत बोनस घोषणा गर्यो। त्यसपछि उनको ६४ हजार कित्ता सेयर हुन् पुग्यो। 

१९९७ मा, कम्पनीले २०० प्रतिशत बोनस घोषणा गर्यो। त्यसपछि उनीसँग  १ लाख ९२ हजार कित्ता हुन् पुग्यो। 

सन् १९९९ मा  कम्पनीले फेरि २ रुपैयाँमा स्टक स्प्लीट गर्यो। त्यसपछि उनको १ लाख ९२ हजार कित्ताबाट  ९ लाख ६० हजार कित्ता हुन पुग्यो ।

२००४ मा, कम्पनीले २०० प्रतिशत बोनस घोषणा गर्यो, यसरी उनको २८ लाख ८० हजार कित्ता हुन् पुग्यो। 

२००५ मा  कम्पनीले १०० प्रतिशत बोनस घोषणा गर्यो। त्यसपछि उनी सँग यस कम्पनी ५७ लाख ६० हजार कित्ता भएको थियो। 

२०१० मा, कम्पनीले २:३ बोनस घोषणा गर्यो। त्यसपछि उनको सेयरको संख्या ९६ लाख सेयर कित्ता पुग्न गयो।

तब उक्त कम्पनीको  मूल्य प्रति कित्ता सेयर ५०० थियो । जसले उनको मात्र सेयरको मूल्य ४८० करोड पुगेको थियो। 

विगत ३३ वर्षदेखि कम्पनीले नियमित रूपमा लाभांश भुक्तानी गर्दै आएको छ र लगभग हरेक वर्ष बढाउँदै आएको थियो । ३३ वर्षमा उनले कुल रु ११८ करोड लाभांश प्राप्त गरे। यसरी १०,००० रुपैयाँ लगानी गरेर मोहम्मदले ५९८ करोड रुपैयाँ कमाए।

उनी अहिले सेवा निवृत्त भइसकेका छन् र आफूले पाएको लाभांशबाट परोपकारका लागि सित्तैमा दान गर्छन्। विदेशमा शिक्षित उनका छोराछोरीले उनलाई सेयर बेच्न सल्लाह दिन्छन् तर उनले आजिम प्रेमजी कार्यवाहक अध्यक्ष नहुँदासम्म एक सेयर नबेच्ने वाचा राखेका छन् ।

धैर्य र विश्वासको पाठ उनले सिकाएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको