उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले कात्तिक २१ गतेदेखि एफपीओ खुलाउने मिति तोकेको हो। जारी सुचनामा लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागिएको भनिएको छ।
दुई लघुवित्त गाभिएर बनेको हो उन्नति सहकार्य लघुवित्त। साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त केहि समय अगाडी गाभिएका थिए। लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ।
लघुवित्तले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गर्न लागेको हो। १०० रुपैयाँ अंकित मूल्यमा लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ रकम उठाउने छ।
कति दिने आवेदन ?
न्यूनतम -१० कित्ता
अधिकतम - १००० कित्ता
कहिले सम्म दिने आवेदन ?
निष्काशन बन्द छिटोमा कात्तिक २४ गते हुनेछ उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म लम्बिनेछ।
को हो बिक्री प्रबन्धक ?
एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कहाँबाट दिने आवेदन ?
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
रेटिङ्ग
रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस