Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रीओपनमा सोनापुर मिनरल्सको कतिमा खुल्यो कारोबार ?

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १० : ५५ मा प्रकाशित

स्पेशल प्रीओपनमा सोनापुर मिनरल्सको कतिमा खुल्यो कारोबार ?

आइतबार स्पेशल प्रीओपनमा सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडको पहिलो कारोबार भएको छ ।

कम्पनीको पहिलो कारोबार तीन सय ५० रुपैयाँमा भएको हो । स्पेशल प्रीओपनमा प्रति कित्ता तीन सय ५० रुपैयाँ नै कम्पनीको दुई सय ९५ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेले दिएको ओपनिङ रेञ्जको उच्चतम् मूल्य ४२६.०३ रुपैयाँ भन्दा करिब ७५ रुपैयाँ कममा कम्पनीको कारोबार खुलेको हो ।

नेप्सेले यस कम्पनीको पहिलो कारोबारको लागि १४२.०१ रुपैयाँ देखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो । सोनापुरले सर्वसाधारणलाई असोज १४ गतेदेखि निष्काशन तथा बिक्री खुलाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको