नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज कार्तिक १२ गते आइतबारबाट सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) को सेयर कारोबारमा आउने भएको छ। कम्पनीको कार्तिक २ गते नै ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता नेप्सेमा सेयर सूचिकृत भईसकेको छ ।
आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएर मूल्य तय गरिए ११ बजे पछिको बजारमा कम्पनीको कारोबार हुनेछ ।
यस कम्पनीको नेप्सेमा सोना संकेतबाट चिनिने भएको छ। नेप्सेले यस कम्पनीको पहिलो कारोबारको लागि १४२.०१ रुपैयाँ देखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको छ । कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय नेप्सेले गर्ने गरेको छ । सोहि अनुसार यस रेन्ज भित्रको जुनसुकै मूल्यमा पनि पहिलो कारोबार हुन सक्ने छ ।
सोनापुरले सर्वसाधारणलाई असोज १४ गतेदेखि निष्काशन तथा बिक्री खुलाएको थियो। कम्पनीले बुधबार बिहान एक सुचना जारी गर्दै आवेदन दिने म्याद थप गरेको थियो । कम्पनीको उक्त सूचनामा आईपीओमा अब असोज २८ गतेसम्म आवेदन दिन सकिने उल्लेख थियो। तर अब असोज २८ नभई असोज १८ मै बन्द गर्ने फेरि अर्को सूचना निकालेको थियो।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न गरे संगै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले अब सर्वसाधारणका लागि आईपीओ निष्काशन आज अर्थात असोज १४ गतेदेखि आईपीओ निष्काशन गरेको हो।
सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरिएको थियो । यसमध्ये स्थानीयले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिए।
तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १२ लाख १६ हजार ५६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरि बाँडफाँट भैसकेको छ।
तेस्तै सामूहिक लगानी कोषका लाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस