Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डहरुका कारण सोनापुरको सेयरमा लगानीकर्ता प्यानिक !

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, ०९ : ०५ मा प्रकाशित

म्युचुअल फण्डहरुका कारण सोनापुरको सेयरमा लगानीकर्ता प्यानिक !

आइतबार देखि कारोबारमा आएको सोनापुर मिनिरल्स एण्ड आयल कम्पनीको सेयर मूल्यमा बुधबारसम्म निरन्तर रुपमा घटिरहेको छ। 

आइतबार स्पेसल प्रि–ओपनिङ सेसनमा सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुलेको थियो । कारोबारको  पहिलो दिन आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले घटेर ३ सय १५ रुपैयाँमा बन्द भएको थियो । सोमबार थप १० प्रतिशत अर्थात ३१.५० रुपैयाँले घटेर २८३.५० रुपैयाँमा कारोबार भइरहेको थियो । मंगलबार पनि यस कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर २५५.२० रुपैयाँमा झरेको थियो। बुधबार पनि यस कम्पनीको सेयर ७.९९ प्रतिशतले झरेर २३४ रुपैयाँ ८० पैसामा पुगेको छ। 

बजारमा सोनापुर सिमेन्टको सेयर निरन्तर घट्नुको एक मात्र कारण म्युचुअल फण्डले सेयरले आफ्नो आरक्षणबाट प्राप्त फाल्नु देखिएको छ। कम्पनीको तीन दिनको कारोबारलाई नियाल्ने हो भने म्युचुअल फण्डले आरक्षण वापत पाएको आईपीओ सेयर बेचेको भेटिएको छ। 

यो म्युचुअल फण्डहरूले गरेको पहिलो पटकको हर्कत भने होइन।  कोटा मार्फत आएको कम्पनीको आईपीओ फाल्न जहिले पनि हतार नै गरेको देखिन्छ । सर्वसाधारणको हातमा ठूलो मात्रामा सेयर जम्मा हुनु अगाडी नै फण्डको रणनीति भने भएको सेयर फालेर भाग्ने गरेकै देखिन्छ।  

उच्च व्यस्थापन र लगानी व्यवस्थापक रहेको भन्दै बजारमा आफुलाई अब्बल भन्ने गरेका फण्डले दोस्रो बजारमा एकदम्मै फितलो प्रदर्शन गर्दै आएका छन्।फण्डले हरेक महिना प्रकाशित गर्ने रिपोर्टलाई विश्लेषण गरे मात्र पनि यो कुरा सजिलै देख्न सकिन्छ। फण्डले कोटा मार्फत पाएको सेयरको नाफा बुक गर्दा, फिक्स्ड डिपोजिट र डिभेन्चरमा लगानी गर्दा समेट पनि फण्डले आफूलाई नाफामा देखाउन सकिरहेको छैन। जहिले पनि आईपीओ कारोबारमा आएको पहिलो दोस्रो दिन नै फण्डलाई सेयर बेच्न भ्याई न भ्याई भएको देखिन्छ। 

नेपालमा कुनै पनि कम्पनीले सर्वसाधारणहरूका लागि साधारण सेयर आईपीओ निष्कासन गर्दा ५ प्रतिशत सामूहिक लगानी काेष अर्थात् म्युचुअल फण्डहरूलाई छुट्याउनु पर्ने प्रावधान रहेकाे छ । सामान्यत म्युचुअल फण्डहरुलाई बजार निर्माताका रुपमा व्याख्या गर्ने गरिन्छ । समग्र बजार र लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा बजारलाई सम्हाल्ने भुमिका संस्थागत लगानीकर्ताहरुबाट अपेक्षा गरिएको हुन्छ । तर पछिल्लो समय म्युचुअल फण्डहरूले गरेकाे देख्दा भने म्युचुअल फण्डहरूलाई आईपीओमा कोटा दिनु भनेकाे सर्पलाई दुध पिलाउनु जस्तै भएकाे छ ।  म्युचुअल फण्डहरूले बजार सम्हाल्नुकाे सट्टा उल्टै चलखेल गरेकाे पाइन्छ । नयाँ कम्पनीहरूकाे बजारमा काराेबार सुरू भएकाे दिन नै आईपीओ बेच्न म्युचुअल फण्डहरूकाे तछाड मछाड हुन्छ । कोटामा पाएको आईपीओ पनि एक दिन त के एक घण्टा पनि टिकाउन सक्दैनन् म्युचुअल फण्डहरूले । याे कुरा हामीले पछिल्ला दिनहरूमा दाेश्राे बजारमा सूचिकृत भएका कम्पनीहरूकाे फ्लाेर सीट हेर्ने हाे भने त्यहाँबाट पनि देख्न सकिन्छ ।यसरी सोनापुरको सेयरमा  पनि बजारलाई प्यानिक बनाउने काम यी फण्डले नै गरेको पुष्टी हुन्छ। 

फण्डले मार्केट मेकरको काम नगरेको कारण बजारमा सामूहिक लगानी कोषलाई अब आरक्षणको सेयर दिनहुन्न भन्ने आवाज उठने गरेको छ। एक हप्ता पनि सेयर होल्ड गर्न नसक्नेलाई आरक्षणको सेयर दिन नहुने पनि बजारका जानकारहरुले विभिन्न प्लात्फोर्ममा भन्ने गरेका छन्। उता फण्डहरु भने आफ्नो आरक्षणको कोटाका सेयर ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाउन पर्ने भनेर आवाज उठाउन थालेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको