Like us!
Follow us!
Connect us!
Watch us!

११.१३ लाख सर्वसाधारणले आईपीओ मार्फत हाले सोनापुर मिनरल्सको सेयरहोल्डर बन्ने आवेदन

अर्थ संसार

विहीबार, १८ असोज २०८०, १८ : ३४ मा प्रकाशित

११.१३ लाख सर्वसाधारणले आईपीओ मार्फत हाले सोनापुर मिनरल्सको सेयरहोल्डर बन्ने आवेदन

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आवेदन बन्द भएको छ। कम्पनी  माग भन्दा अधिक आवेदक परेपछि कम्पनीले आज बिहान मात्र एक सूचना जारी गर्दै आज असोज १८ गते बन्द गर्ने निर्णय गरेको थियो । 

आईपीओको आज अन्तिम दिन बिहिबार सम्मको तथ्याङ्कमा माग भन्दा धेरै नै आवेदन परेको छ। सिडिएसका अनुसार बिहिबार साँझ  ०५:०७ सम्ममा १  करोड ४७ लाख ६५ हजार १ सय २० कित्ताका लागि आवेदन परिसकेको छ । कुल ११ लाख १३ हजार ८ सय ५५  जनाले उक्त संख्यामा कित्ता आवेदन माग गरेका हुन् ।

सोनापुरले सर्वसाधारणलाई असोज १४ गतेदेखि निष्काशन तथा बिक्री खुलाएको थियो। कम्पनीले  बुधबार बिहान एक सुचना जारी गर्दै आवेदन दिने म्याद थप गरेको थियो । कम्पनीको उक्त सूचनामा आईपीओमा अब असोज २८ गतेसम्म आवेदन दिन सकिने उल्लेख थियो। तर अब असोज २८ नभई असोज १८ मै बन्द गर्ने फेरि अर्को सूचना निकालेको थियो। 

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न गरे संगै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले अब सर्वसाधारणका लागि आईपीओ निष्काशन आज अर्थात असोज १४ गतेदेखि आईपीओ निष्काशन गरेको हो। 

सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरिएको थियो । यसमध्ये स्थानीयले  १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिए। 

तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १२ लाख १६ हजार ५६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरि बाँडफाँट भैसकेको छ। 

तेस्तै सामूहिक लगानी कोषका लाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको थियो। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धन एनआईएमबि एस क्यापिटल लिमिटेडले गरेको छ। कम्पनीको आईपीओ  निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको