Like us!
Follow us!
Connect us!
Watch us!

संस्थागत सुशासन सिद्ध गर्दै बजारको 'सोना' ,आइपिओ कै वर्षमा कम्पनीमा पब्लिक संचालकको प्रवेश

अर्थ संसार

आइतबार, २८ माघ २०८०, १५ : २० मा प्रकाशित

संस्थागत सुशासन सिद्ध गर्दै बजारको 'सोना' ,आइपिओ कै वर्षमा कम्पनीमा पब्लिक संचालकको प्रवेश

बजारको चर्चित ब्राण्ड 'सोनापुर सेमेन्ट' उत्पादन गर्ने कम्पनी सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आइपिओ आएकै वर्ष सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक नियुक्त गर्दै आफूलाई संस्थागत सुशासनमा चल्ने कम्पनीको रुपमा सिद्ध गराएको छ। 

कम्पनीले आफ्नो १६ औँ वार्षिक साधारण सभा  घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न गर्दै सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित गरेको हो। 

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा  निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको  थियो। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको