Like us!
Follow us!
Connect us!
Watch us!

१०.३२ लाख बने आईपीओ मार्फत सोनापुर मिनरल्स एण्ड आयलको सेयरहोल्डर

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १० : १८ मा प्रकाशित

१०.३२ लाख बने आईपीओ मार्फत सोनापुर मिनरल्स एण्ड आयलको सेयरहोल्डर

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बुधबार बिहान आईपीओ बाँडफाँड भएको हो। 

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलका यो आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ आवेदकबाट कुल १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयर माग भएको थियो। जसमा १० लाख ४६ हजार ४५९ आवेदकबाट परेको १ करोड २० लाख ६९ हजार ८९० कित्तामात्रै प्रमाणीकरण भएको क्यापिटलले जनाएको छ।  माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ  । 

गोलाप्रथा मार्फत अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले सेयर पाएका छन्  । यी मध्य पनि ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने अरु सबैले समान १० कित्ता शेयर पाएका हुन् । कम्पनीले असोज १४ गतेदेखि असोज १८ गते गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निष्काशन गरेको हो ।  

आईपीओको नतिजा केहि समयपछि बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com, सिडीएससीको मेरो सेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको