Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी सामूहिक लगानी कोषका तीन वटै योजनाको नेट एसेट भ्यालुमा गिरावट

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, ०९ : ४३ मा प्रकाशित

कुमारी सामूहिक लगानी कोषका तीन वटै योजनाको नेट एसेट भ्यालुमा गिरावट

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन भएका तीन म्युचुअल फन्डहरुले असोज मसान्तसम्मको मासिक वित्तीय विवरण प्रकाशित गरेका छन् जसअनुसार सबै योजनाको नेट एसेट भ्यालु (न्याभ)मा गिरावट देखिएको छ ।

क्यापिटलले एक खुलामुखी र दुई बन्दमुखी योजना सञ्चालन गरेकोमा सबै योजनाको खुद सम्पत्तिमा गिरावट आएको हो । विवरण अनुसार कुमारी धनवृद्धि योजनाको न्याभ १०.१९ बाट ९.९५ रुपैयाँमा झरेको छ भने कुमारी इक्विटी फन्डको न्याभ ९.७३ बाट ९.४२ रुपैयाँमा झरेको छ । यसैगरी खुलामुखी योजना कुमारी सुनौलो लगानी योजनाको न्याभ १०.४ बाट १०.०८ रुपैयाँमा झरेको छ ।

यस अवधिमा कुमारी इक्विटी फन्डले बैंक मौज्दात बढाएर धितोपत्र तथा अन्य लगानी घटाएको छ भने बाकिँ दुई योजनाले बैंक मौज्दात घटाई धितोपत्र तथा अन्य लगानी विस्तार गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको