Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकका बन्दमुखी म्युचुअल फन्डले असोजमा बढाए धितोपत्रमा लगानी

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १० : ३१ मा प्रकाशित

एनआईसी एसिया बैंकका बन्दमुखी म्युचुअल फन्डले असोजमा बढाए धितोपत्रमा लगानी

एनआईसी एसिया बैंकले सञ्चालन गरेका बन्दमुखी म्युचुअल फन्डहरुले असोजमा धितोपत्रमा लगानी बढाएका छन् । धितोपत्रमा लगानी बढाउँदा असोजसम्मको मासिक विवरण सार्वजनिक गरेका चार योजनाको नेट एसेट भ्यालु 'न्याभ' मा भने गिरावट आएको छ ।

एनआईसी एसिया ग्रोथ फन्डको न्याभ ११.६७ बाट ११.५० रुपैयाँँमा झरेको छ । एनआईसी एसिया सेलेक्ट ३० को न्याभ १०.४४ बाट १०.४० मा झरेको छ । एनआईसी एसिया ब्यालेन्स्ड फन्डको न्याभ ११.१० बाट १०.९७ मा झरेको छ । खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेट फन्डको न्याभ भने १०.०६ बाट बढेर १०.०९ रुपैयाँ पुगेको छ । एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको न्याभ १०.३४ बाट १०.२३ मा झरेको छ ।

एनआईसी एसिया ग्रोथ फन्डले ३ करोड, एनआईसी एसिया सेलेक्ट ३०ले दुई करोड ७० लाख, फ्लेक्सी क्याप फन्डले ५ करोड ५० लाख तथा एनआईसी एसिया ब्यालेन्स्ड फन्डले दुई करोड २० लाख भन्दा बढीले धितोपत्रमा लगानी बढाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको