Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार झिनो अङ्कले बढ्यो नेप्से, कारोबार भने घट्यो

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १५ : १४ मा प्रकाशित

सोमबार झिनो अङ्कले बढ्यो नेप्से, कारोबार भने घट्यो

सोमबार १८५७ सम्मको न्यून विन्दु रिटेस्ट गरेर नेप्से परिसूचक अन्त्यमा बढेर बन्द भएको छ ।

सोमबार पहिलो तीन घण्टासम्म घटेको बजार अन्तिम एक घण्टामा रिकभर हुँदै ३.०४ अङ्कले बढेर १८७८.७० विन्दुमा बन्द भएको छ । १८५७ अङ्कसम्म झरेको बजारमा अन्तिम घन्टा करिब १६ अङ्कले बढेको थियो । अघिल्लो कारोबारको दिन कुल ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ पञ्चकन्या माई, मन्दाकिनी हाइड्रो, सुपरमादी हाइड्रो र इमर्जिङ नेपाल कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ४.५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये सोनापुर मिनरल्स रह्यो । उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । यसैगरी विन्ध्यवासिनी हाइड्रो र अप्पर सोलु हाइड्रो कम्पनीको सेयरको मूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार ननलाइफ उपसूचक सर्वाधिक ०.८६ प्रतिशत, ट्रेडिङ उपसूचक ०.८१ प्रतिशत र फाइनान्स उपसूचक ०.८० प्रतिशतले बढे । आज उत्पादन उपसूचक सर्वाधिक ०.८० प्रतिशत, म्युचअल फन्ड उपसूचक ०.४६ प्रतिशतले र होटल एन्ड टुरिजम उपसूचक ०.४२ प्रतिशतले घट्न पुगे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको