Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको एफपिओ बिहीबार बाँडफाँड हुने

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १७ : ५३ मा प्रकाशित

मिर्मिरे लघुवित्तको एफपिओ बिहीबार बाँडफाँड हुने

मिर्मिरे लघुवित्तको एफपिओ आउँदो बिहीबार बाँडफाँड हुने भएको छ ।

असोज २५ देखि असोज ३० गतेसम्मका लागि खुलाइएको उक्त एफपिओमा माग भन्दा करिब १ सय ३० गुणा धेरै आवेदन परेको थियो । कम्पनीले कुल एक लाख २३ हजार ८ सय  १६ कित्ताका लागि आवेदन खुलाएकोमा एक करोड ६१ लाख ७४ हजार ५ सय ८० कित्ताका लागि आवेदन परेको थियो । यस हिसाबले गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १२ हजार ३ सय ८१ जनाले मात्र सेयर पाउनेछन् ।

यस एफपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको