Like us!
Follow us!
Connect us!
Watch us!

असोजमा आरविवि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुवै फन्डको न्याभमा गिरावट

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १० : ४७ मा प्रकाशित

असोजमा आरविवि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुवै फन्डको न्याभमा गिरावट

राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन गरेका दुवै बन्दमुखी म्युचुअल फन्डहरुको असोजमा नेट एसेट भ्यालुमा गिरावट आएको छ ।

आरविवि म्युचुअल फन्ड १ को न्याभ ९.३६ बाट ९.२१ रुपैयाँँमा झरेको छ भने आरविवि म्युचुअल फन्ड २ को न्याभ १०.२२ बाट ९.८८ रुपैयाँँमा झरेको छ । दोस्रो बजारमा ती फन्डहरुको प्रति एकाई क्रमशः ७.१४ रुपैयाँ र ७.४५ पैसामा कारोबार भइरहेको छ । यस हिसाबले हेर्दा दुवै फन्ड अहिले डिस्काउन्टेड मूल्यमा कारोबार भईरहेको छ ।

आरविवि म्युचुअल फन्ड २ले असोज महिनामा करिब ५ करोड ८८ लाख रुपैयाँले बैंक मौज्दात घटाएर धितोपत्रमा लगानी बढाएको छ भने आरविवि म्युचुअल फन्ड १ को बैंक मौज्दातमा उल्लेख घटबढ भएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको