Like us!
Follow us!
Connect us!
Watch us!

असोजमा लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित सबै कोषको न्याभ घट्यो

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १२ : २१ मा प्रकाशित

असोजमा लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित सबै कोषको न्याभ घट्यो

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित सबै चार वटै म्युचुअल फन्डहरुको असोजमा नेट एसेट भ्यालुमा गिरावट आएको छ ।

लक्ष्मी भ्यालु फन्ड २ को न्याभ ९.९४ बाट ९.७६ रुपैयाँँमा झरेको छ भने लक्ष्मी उन्नति कोषको न्याभ ९.६९ बाट ९.४१ रुपैयाँँमा झरेको छ । यसैगरी लक्ष्मी इक्विटी फन्डको न्याभ ९.६१ बाट ९.२९ रुपैयाँँमा झरेको छ भने शुभ लक्ष्मी कोषको न्याभ ९.६९ बाट ९.४९ रुपैयाँँमा झरेको छ ।

लक्ष्मी भ्यालु फन्ड २ ले असोज महिनामा ५ करोड  रुपैयाँले मुद्दती निक्षेपमा लगानी थपेको छ भने धितोपत्रमा लगानी पनि अघिल्लो महिनाको तुलनामा करिब १३ करोडले बढेको छ । अन्य कोषको हकमा भने कोषको पोर्टफोलियोमा खासै ठूलो हेरफेर देखिएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको