Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ८०-२० म्युचुअल फन्डको पहिलो मासिक रिपोर्ट सार्वजनिक, यस्तो छ पोर्टफोलियो व्यवस्थापन

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १२ : ३४ मा प्रकाशित

हिमालयन ८०-२० म्युचुअल फन्डको पहिलो मासिक रिपोर्ट सार्वजनिक, यस्तो छ पोर्टफोलियो व्यवस्थापन

हिमालयन ८०-२० म्युचुअल फन्डले सञ्चालनमा आए पछिको पहिलो मासिक रिपोर्ट सार्वजनिक गरेको छ ।

गत भदौ २६ गतेदेखि सञ्चालन अनुमति प्राप्त गरेको उक्त योजनाले असोज मसान्तसम्म तीन करोड ६६ लाख ३८ हजार ४० रुपैयाँ लगानी गरेको छ । सूचीकृत नभएका धितोपत्रमा योजनाको तीन करोड भन्दा बढी लगानी छ । यसैगरी योजनाले मुद्दती निक्षेपमा १४ करोड ९९ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । दोस्रो बजारमा वाणिज्य बैंकमा योजनाले सर्वाधिक एक करोड २१ लाख भन्दा बढी लगानी गरेको छ ।

योजनाको नेट एसेट भ्यालु ९.९९ रुपैयाँ रहेको छ । हिमालयन म्युचुअल फन्ड अन्तर्गत सञ्चालित उक्त योजना दस वर्षे बन्दमुखी सामूहिक कोष हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको