Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी फन्डको कति छ न्याभ र पछिल्लो कारोबार मूल्य

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १५ : ५६ मा प्रकाशित

नबिल इक्विटी फन्डको कति छ न्याभ र पछिल्लो कारोबार मूल्य

वि.सं २०७३ को कार्तिक १९ गतेदेखि कारोबार थालेको नबिल इक्विटी फन्ड कार्तिक १८ गते परिपक्व हुँदैछ । आज उक्त कोषको प्रति एकाई ९.९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कोषको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार नेट एसेट भ्यालु १० रुपैयाँ ३३ पैसा रहेको छ । यस हिसाबले हेर्दा उक्त कोषको मूल्य दोस्रो बजारमा केही डिस्काउन्टेड रहे पनि असोज मसान्तको तुलनामा अहिले बजार केही घटेको हुँदा न्याभ थप घटेको अनुमान गर्न सकिन्छ । तर म्युचुअल फन्डले बजारमा कारोबार गरिरहने हुँदा पछिल्लो न्याभ यकिन गर्न भने कठिन नै हुनेगर्दछ ।

भोलिको कारोबार पछि कोषका इकाईधनीले न्याभ बराबरको रकम फिर्ता पाउनेछन् । नबिल इक्विटी फन्डले सञ्चालनको सात वर्षको अवधिमा इकाईधनीलाई आव २०७६/७७ मा ६ प्रतिशत, आव २०७७/७८ मा ४० प्रतिशत र आव २०७७/७८ मा ५ प्रतिशत गरि कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको