Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटले ल्यायो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १५ : ५९ मा प्रकाशित

भायानेटले ल्यायो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौकाू अभियानको विस्तारको रूपमा आएको हो । ‘चाडमा चौका'अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक रू ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर 'रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग' मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी विशेष फाइदाहरू प्राप्त गर्नेछन् । 

१.निःशुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सः तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन् ।

२.आफ्नो लागि चार महिनाको निःशुल्क इन्टरनेटः प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको निस्शुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निस्शुल्क इन्टरनेट प्राप्त हुनेछ ।

३.रेफर गरिएकाको लागि एक महिनाको निःशुल्क इन्टरनेट: ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्राफाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।

भायानेट कम्युनिकेसनकि सीईओ सेवा पाठकले भनिन्, ‘असाधारण मूल्य र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ। हाम्रा ग्राहकहरूलाई आभार व्यक्त स्वरुप यो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । यस अफरले हाम्रा ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट प्राप्त गर्न, निस्शुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको