Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसियाका दुई म्युचुअल फन्डको मूल्य समायोजन

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १६ : १४ मा प्रकाशित

एनआइसी एसियाका दुई म्युचुअल फन्डको मूल्य समायोजन

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइसी एसिया ब्यालेन्स्ड फन्ड र ग्रोथ फन्डको मूल्य समायोजन भएको छ ।

ग्रोथ फन्डले गत आर्थिक वर्षको नाफाबाट कर सहित १०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । फन्डको अन्तिम कारोबार मूल्य १० रुपैयाँमा बोनस समायोजन गरि नयाँ मूल्य ८.९५ रुपैयाँ कायम भएको छ । यसैगरी ब्यालेन्स्ड फन्डको आजको अन्तिम कारोबार ९ रुपैयाँ ३० पैसामा १० प्रतिशत बोनस समायोजन भई नयाँ मूल्य ८ रुपैयाँ ३० पैसा कायम भएको छ । अब भोलि बुधबार दुवै कोषको नयाँ मूल्यमा कारोबार शुरु हुनेछ ।

दुवै फन्डले कात्तिक २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । अर्थात् कात्तिक २१ गतेसम्म कायम रहेका इकाइधनीले मात्र यस फण्डले घोषणा गरेको लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको