Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार सामान्य अङ्कले बढ्यो बजार

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, १५ : १५ मा प्रकाशित

बुधबार सामान्य अङ्कले बढ्यो बजार

सेयरबजार लगातार तेस्रो दिन पनि उकालो लागेको छ । अघिल्लो दुई दोहोरो अङ्कले बढेको बजार बुधबार भने  ५.१७ अङ्कले बढेको हो ।

बुधबार ५.१७ अङ्कले बढेर नेप्से परिसूचक १८६३.९४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९९ करोड ६५ लाख ८६ हजार दुई सय ९१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ रुपैयाँ पुगेको छ । आज बजार बढे पनि कारोबार भने घटेको हो  ।

आज सर्वाधिक कमाउनेतर्फ ग्लोबल आएमई लघुवित्त, पिपल्स हाइड्रो र एसबीआई बैंक रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये कर्पोरेट विकास बैंक र साम्लिङ पावर रहे । ती कम्पनीको मूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो ।

आज उत्पादन उपसूचक सर्वाधिक १.१६ प्रतिशतले बढ्दा अन्य उपसूचक ०.७३ प्रतिशतले र हाइड्रो उपसूचक ०.६५ प्रतिशतले बढ्यो । आज होटेल एन्ड टुरिज्म उपसूचक सर्वाधिक ०.६४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको