Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश नदिने कामना सेवा व्यवस्थापन र संचालक समितिको चर्को आलोचना, बैंकलाई लिक्युडेसनमा लगेर साँवा फिर्ता किन नगर्ने भनेर उठ्यो प्रश्न !

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, १३ : १६ मा प्रकाशित

लाभांश नदिने कामना सेवा व्यवस्थापन र संचालक समितिको चर्को आलोचना, बैंकलाई लिक्युडेसनमा लगेर साँवा फिर्ता किन नगर्ने भनेर उठ्यो प्रश्न !

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको ७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश नबाँड्ने भन्दै साधारणसभा बोलाएपछि यस कम्पनीका सेयरधनी तथा लगानीकर्ताहरु रुष्ट बनेका छन्। 

बैंकले लाभांश नदिने निर्णय गरेपछि सामाजिक संजालमा बैंकका संचालक समिति र व्यवस्थापन चर्को आलोचित बन्न पुगेका छन्। वर्ष दिन सम्म बैंकको विश्वास गर्दै आफुहरु सेयर होल्ड गर्ने तर बैंकले आफूहरुलाई एक रुपैयाँ पनि दिन नसक्ने भए बैंक किन संचालन गर्नु भनेर प्रश्न गरेका छन्।

आक्रोशित लगानीकर्ता राजन श्रेष्ठले आफ्नो सामाजिक संजालमा लेखेका छन् ,'कामना सेवा विकास बैंक लिमिटेड आफ्नो चौथो त्रैमासिक विवरण प्रकाशित गर्दा वार्षिक कमाइ १३ रुपैयाँ १४ पैसा थियो भने खुद सम्पत्ति १४६ रुपैया ४६ पैसा  थियो । गत बर्षको मुनाफाबाट यस विकास बैंकले शुन्य प्रतिफल घोषणा गरेको छ जसले गर्दा लगानीकर्ताहरूको हातमा केही पनि परेन । नेप्सेमा २९० को हाराहारीमा पब्लिक सेयर कारोबार हुँदै गर्दा प्रमोटर सेयर ९० रुपैयाँमा पनि खरिद कर्ता पाइदैन न त सजिलै सेयर लोन पाइन्छ।"
 
उनले यस विकास बैंकले आफ्नो अचल सम्पती बेच्ने र दुबानत ऋण उठाउने हो भने खुद सम्पत्ति अझै बढ्ने बताएका छन्। उनले अझै हाम्रो लगानीको प्रतिफल दिन नसक्ने हो भने यस आउदैं गरेको साधारण सभामा विशेष प्रस्तावको रुपमा बैंकलाई लिक्युडेसनमा लगेर लगानीकर्तालाई साँवा फिर्ता किन नगर्ने भनेर प्रश्न गरेका छन्। 

पछिल्लो समय बैंकका बेला बेला आउने काण्डको समाचारले बैंकको प्रतिष्ठा माथि प्रश्न उठने गरेका छन। अझ सेयरधनीलाई पनि बैंक प्रति सन्तुष्ट बनाउन नसक्दा बैंकलाई सन्तुलित रुपमा अगाडी बढ्न आगामी दिनमा चुनौतीपूर्ण देखिन्छ। 

कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २०७९/८० आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । गत वर्ष भने बैंकले  ४.४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो भने अघिल्लो वर्ष १८.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको