Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ एकैदिन प्रति तोला एक हजारले घट्यो

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, १० : ४२ मा प्रकाशित

सुनको भाउ एकैदिन प्रति तोला एक हजारले घट्यो

सुनको भाउमा लगातार चार दिनसम्म गिरावट आएको छ । बिहीबार सुनको भाउ एक हजार रुपैयाँले घट्दा चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोलाको एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको