Like us!
Follow us!
Connect us!
Watch us!

विशेष विमान मार्फत भारतद्वारा नेपाल सरकारलाई भूकम्प राहतको तेस्रो चरणको सामग्री सहयोग

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, ०८ : ३३ मा प्रकाशित

विशेष विमान मार्फत भारतद्वारा नेपाल सरकारलाई भूकम्प राहतको तेस्रो चरणको सामग्री सहयोग

मित्र राष्ट्र भारतले कार्तिक २३ गते भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी प्रदान गरेको छ। बिहिबार भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमानमा आएको राहात सामाग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री आदि समावेश थिए ।

छिमेकीहरुमा पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराइसकेको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न उक्त राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए । 

भारतीय राजदूतावासले जारी गरिएको विज्ञप्तिमा नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्घ रहेको बताएको छ।  नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव रहेको र  नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ। 
 

654d9bc81dc74.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको