Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको भाउ प्रति तोला एक हजारले बढ्यो

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, ११ : ०१ मा प्रकाशित

शुक्रबार सुनको भाउ प्रति तोला एक हजारले बढ्यो

चार दिनसम्म लगातार घटेको सुनको भाउ शुक्रबार एकैदिन प्रतितोला एक हजारले बढेको छ । बिहीबार सुनको भाउ बढ्दा चाँदीको भाउ पनि प्रति तोला २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोलाको एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको