Like us!
Follow us!
Connect us!
Watch us!

एचडिएलको नाफामा भीषण गिरावट, इपिएस आधा भन्दा बढीले घट्यो

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, ११ : ३२ मा प्रकाशित

एचडिएलको नाफामा भीषण गिरावट, इपिएस आधा भन्दा बढीले घट्यो

हिमालयन डिष्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यापारबाट हुने आम्दानी गिरावट हुँदा कम्पनीको नाफा उल्लेख्य रुपमा घटेको हो ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा १० करोड ५२ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २१ करोड ५७ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब ५१.२४ प्रतिशतले घटेको हो ।

कारोबारबाट आम्दानी - पहिलो त्रैमाससम्ममा कम्पनीले आफ्नो कारोबारबाट ९७ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्ष एक अर्ब ३८ करोड २४ लाख रहेको थियो । यो करिब २९.७० प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा - कम्पनीको सञ्चालन मुनाफा पनि उल्लेख्य रुपमा घटेको छ । पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा १५ करोड ६२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ३० करोड ७७ लाख रुपैयाँ रहेको थियो । खुद घाटा करिब ४८.५५ प्रतिशतले घटेको हो ।

वितरणयोग्य मुनाफा : १० करोड ५१ लाख ९९ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा १७.३२ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा इपिएस ३५ रुपैयाँ ५२ पैसा रहेको थियो ।

मूल्य आम्दानी अनुपात : १०७.२२ गुणा

प्रति सेयर नेटवर्थ : १४२ रुपैयाँ ४१ पैसा

चुक्ता पूँजी : २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ

जगेडा कोष : एक अर्ब तीन करोड रुपैयाँ

उत्पादन लागतमा उच्च वृद्धि तथा बजारमा देखिएको मन्दीका कारण कारोबारमा कमी आउँदा नाफा प्रभावित हुन पुगेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको