Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुङ्गाको साधारणसभा आह्वान, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, ११ : ५९ मा प्रकाशित

साइन रेसुङ्गाको साधारणसभा आह्वान, बुक क्लोज कहिले?

साइन रेसुङ्गा विकास बैंकले कम्पनीको वार्षिक साधारणसभा र बोनस प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।

कात्तिक २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मङ्सिर २३ गते रुपन्देहीको मणिग्रामस्थित ड्रीमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटलमा बस्ने गरि १५ औं साधारणसभाको मिति तय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट १०.५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।

बोनस सेयर र साधारणसभा प्रयोजनार्थ कम्पनीले मङ्सिर ११ देखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । अर्थात मङ्सिर १० सम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको