Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाको नाफा चुलियो, इपिएस ३९.४१ रुपैयाँ

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १३ : ५५ मा प्रकाशित

साहस उर्जाको नाफा चुलियो, इपिएस ३९.४१ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादनबाट उल्लेख्य आम्दानी हुँदा हाइड्रोको नाफा बढेको हो ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा तीन गुणा भन्दा बढीले वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ३४ करोड ४८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १० करोड १८ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब २३८ प्रतिशतले बढेको हो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिमा कम्पनीले विद्युत व्यापारबाट ८९ करोड ३३ लाख आम्दानी गरेको छ ।

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ६८ करोड ८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १० करोड १८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ५६८ प्रतिशतले बढेको हो ।

वितरणयोग्य मुनाफा : ३४ करोड ४८ लाख रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ३९ रुपैयाँ ४१ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात : १०.६३ गुणा (अन्तिम मूल्य : ४१९ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १७१ रुपैयाँ ५६ पैसा

चुक्ता पूँजी : ३ अर्ब ५० करोड रुपैयाँ

जगेडा कोष : २ अर्ब ४९ करोड रुपैयाँ

कम्पनीको ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत योजना निर्माणको सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको