Like us!
Follow us!
Connect us!
Watch us!

धनतेरसको दिन दलालले सिङ्गो स्टक एक्सचेञ्ज नै जोडेछन, हामी यसको भण्डाफोर गर्नेछौं : सांसद हरि ढकाल

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, २१ : ४९ मा प्रकाशित

धनतेरसको दिन दलालले  सिङ्गो स्टक एक्सचेञ्ज नै जोडेछन, हामी यसको भण्डाफोर गर्नेछौं : सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नयाँ स्टक एक्सचेञ्जलाई अगाडी बढाउने अर्थसमितिको निर्णय प्रति असहमति जनाएका छन्। । 

उनले विषयमा सांसद ढकालले ५ बुँदे फरक मत प्रस्तुत गरेका छन् ।

यस्तो छ उनको फरक मत 

१.नेपालमा प्रतिस्पर्धात्मक पुँजी बजार निर्माण गर्न नयाँ स्टक आवश्यक छ तर नेपाल रहेको एक मात्र नेप्सेको पुनर्संरचना नगरी नयाँ स्टक ल्याईनु आपत्ति जनक छ।

२. दिपावली चाडको माहोलमा मानिस भुल्ने मौका छोपी दीपावलीको बिदा हुने अन्तिम दिनको ७ बजेको समयको अफ आवरमा अर्थ समितिको बैठक डाकी किन, कसको लागि र कति पैसा लिएर कसले यो बैठक डाकी बिबादास्पद स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि सार्यो ? यसको हिसाब किताब पक्कै नेपाली जनताले माग्नेछन। दलालका मतियारहरु हिसाब किताब बुझाउन तयार भएर बस्नुहोला।

३. विभिन्न पत्र पत्रिका र समाचार माध्यमको समाचार अनुसार नयाँ स्टक एक्सचेञ्जको लागि ६ अर्वको घुसको डिल हुदैछ रे! खबरदार पैसाको लागि आफ्नै आमा बेच्न सम्म तयार हुने दलालहरु! हामी तिम्रा घुसिया सपना पूरा हुने दिने छैनौं।

४. हामी स्वस्थ प्रतिसपर्धाबाट आउने स्टक एक्सचेञ्जको पक्षमा छौ न कि अर्वौको भ्रष्टाचारको पहाडमा उभिएर आउने स्टक एक्सचेञ्जको।

५.आज धन्तेरसको दिन सर्वसाधारणले तामाका भाडाकुडा जोड्छ्न तर यता दलालले त सिङ्गो स्टक एक्सचेञ्ज जोडेछन तर होसियार भ्रष्टहरु ! हामी यसको भण्डाफोर गर्नेछौं।
नयाँ स्टक एक्सचेञ्जको सम्बन्धमा फरक मत राख्नु भएकोमा मा. डा.स्वर्णिम वाग्लेलाई धन्यवाद।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको